अध्यागमनको डरले अस्पताल नजाँदा स्कटल्यान्डमा एक नेपालीको मृत्यु
लन्डन । संयुक्त राज्यको स्कटल्यान्डमा बस्दै आएका अन्दाजी ३० वर्षीय एक नेपाली युवाको निधन भएको छ । काठमाडौँको बौद्ध घर भएका दोर्जे नामका ती युवकको आइतबार निधन भएको हो । आफ्नै घरको ढोकामा ढलेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भैसकेको बताइएको छ ।
स्कटल्याण्डको पर्थमा एक बङ्गाली रेष्टुरेन्टमा कार्यरत मृतक करिब दुई महिनादेखि अस्वस्थ रहेको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिएका छन् । गैरकानूनी रुपमा बसेका कारण अस्पताल जाँदा कागजपत्रसम्बन्धि थप समस्या आइपर्ने त्रासका कारण बिरामी हुँदा पनि घरैमा बसेको बताइएको छ । पछिल्लो समय आफन्त तथा साथीभाइहरुले उनलाई खानपानको प्रबन्ध गर्दै आएका थिए ।
मृतक दोर्जेको शव अहिले स्कटल्याण्डस्थित डन्डी अस्पतालमा राखिएको छ । मृतकका परिवार नेपालमै रहेको बताइएको छ । उनको निधन के कारणले भएको भन्ने बारेमा कुनै पुष्टि भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण