कछाड बाँधेर संसद जाने पूर्वसांसद बर्मन बुढाको निधन
बुधबार, ०७ साउन २०७७, ०७ : ३६
पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छोरी विजया बुढामगरले रातोपाटीलाई जानकारी दिइन् । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।
२०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव जितेका थिए । पूर्वसभामुख कृष्णबहादुर महरा र उनले त्यो बेला रोल्पाबाट चुनाव जितेका थिए । निर्वाचन जितेर काठमाडौं आएका उनी प्रतिनिधि सभाको बैठकमा कछाड बाँधेर जाने गर्थे ।
लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लबको लगातार चौथो जित
-
बालविकास शिक्षा सुधारको माग गर्दै अध्यक्ष चापागाईँले सुरु गरे धर्ना
-
नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ
-
पहेँलो धातु देखाई सुन ठगी गर्ने युवक पक्राउ
-
गुगलमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने
-
तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम