स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह
बुधबार, ०७ साउन २०७७, १७ : ५९

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् ।
आज ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उनले ट्वीटमा भनिन् ।
कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनामनगरबाट १० जना जुवाडे पक्राउ
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, तस्बिरमा हेर्नुहोस्
-
पशुपति विकास कोषको पालेघरमा जुवाखाल, ७ जना पक्राउ
-
केएल राहुलको शतक, दिल्लीले दियो २ सय रनको लक्ष्य
-
उत्तरी हुम्लाको तिलगाउँ पहिरोले क्षतविक्षत, नागरिक राहत र उद्धारको पर्खाइमा
-
‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’