डब्ल्यूएचओले भन्यो, ‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: ब्राजिलका राष्ट्रपतिको तेस्रो परीक्षण पनि पोजेटिभ
संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएका छन् । संगठनले भनेको छ, ‘यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न सकिँदैन । ’
डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन बन्न थोरै अबेर भएपनि सुरक्षा मानकमा कुनै कमी हुन नहुने बताएका छन् ।
उता ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यद्यपि, उनको स्थिती अहिले सुधारोन्मुख रहेको छ । राष्ट्रपतिको सञ्चार मन्त्रालयले २१ जुलाईमा उनको परीक्षण गरेको जानकारी दिएको थियो । यसअघि १४ जुलाईमा पनि भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । बोल्सोनारोले जुलाई ७ मा कोरोनाको हल्का लक्षण पाइएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण