कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु
जाजरकोट । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए ।
यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको हो । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट दुखेर एकाएक रक्तचाप बढ्दा उपचार गर्दागर्दै मृत्यु भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य छ ।
जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकी रत्न पुरीले बताए ।
गुणस्तरीय स्वास्थ्य सेवा, दक्षजनशक्ति र आधुनिक उपकरणका अभावमा ग्रामीण क्षेत्रका गर्भवतीले हरेक महिना ज्यान गुमाइरहेका छन् । बारेकोटको सेपुखोला स्वास्थ्यचौकीमा २०७५ देखि अहिलेसम्म ९९२ सुत्केरीले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आज नलगाड नगरपालिका–५ की २६ वर्षीया पार्वती वलीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । सुत्केरी हुने मिति साउन २१ गते भए पनि गए राति घरमा लडेका कारण पेट दुखेपछि उनमा समस्या आएको थियो ।
समस्या आएलगत्तै नेपाली सेनाको सहयोगमा दल्लीस्थित स्वास्थ्य संस्थामा पु¥याइए पनि शिशुको पेटमै मृत्यु भइसकेका कारण आमाको ज्यान बचाउन प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । राष्ट्रपति उद्धार कोषमार्फत उनलाई उद्धार गरिएको थियो ।
बुधबार भीरबाट लडेर दुवै खुट्टा भाँचिएका कुशे–गाउँपालिका– २ का नैने दमाईँलाई कुशे गाउँपालिकाको आर्थिक सहयोगमा आज हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । नैनेसँगै रहेका ५४ वर्षीय सार्की दमाईको उपचार गर्दागर्दै मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण