रकम लुटिएको नाटक गर्नेसहित तीन पक्राउ
जनकपुर । धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहित त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बुधबार करिब ४ लाख रुपैयाँ लुटिएको सुचनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । कमला नगरपालिका वडानम्बर २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैँक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए । पक्राउ पर्नेमा धिरजसहित
धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २१ वर्षीय छोटु झा छन् ।
उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण