मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रकम लुटिएको नाटक गर्नेसहित तीन पक्राउ

बिहीबार, ०८ साउन २०७७, १५ : ३३
बिहीबार, ०८ साउन २०७७

जनकपुर । धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहित त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बुधबार करिब ४ लाख रुपैयाँ लुटिएको सुचनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । कमला नगरपालिका वडानम्बर २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैँक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए । पक्राउ पर्नेमा धिरजसहित 

धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २१ वर्षीय छोटु झा छन् । 

उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर  रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप