टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग
बिहीबार, ०८ साउन २०७७, २० : ४६
काठमाडौं । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई विगतमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै, यस वर्ष पनि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ ।
टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् भने १०,००० भन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण