आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फेरियो परीक्षा मापदण्ड

शुक्रबार, ०९ साउन २०७७, ०७ : ३८
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं – कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण कार्यविधिले यस्तो बन्देज लगाएको हो । 

यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ । 

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि तयार पारेको हो । कार्यविधिले परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियासमेत व्याख्या गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप