भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
एजेन्सी । भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण एकैदिनमा ७४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा अहिले पनि ४ लाख ४० हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार ५०२ जना संक्रमित भएका छन् ।
त्यसपछि तमिलनाडुमा १ लाख ९२ हजार ९६४ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा १ लाख २७ हजार ३६४ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश,कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस संक्रमितहरु अरु राज्यको तुलनामा बढी नै रहेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण