शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न

शनिबार, १० साउन २०७७, २० : १४
शनिबार, १० साउन २०७७

काठमाडौँ । ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।  धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो । 

पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर बसेका थिए ।

धलिं पूजा सम्पन्नपछि प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै निर्माण÷पुर्ननिर्माणको काम तिव्र गतिका साथ अघि बढाउने जानकारी दिए। 
महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि बजेट उल्लेख्य मात्रमा बजेट विनियोज गर्दै आएको पनि उनले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ । 

महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप