काष्ठमण्डपको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न
काठमाडौँ । ऐतिहासिक तथा पुरातात्विक महत्त्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो ।
पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर बसेका थिए ।
धलिं पूजा सम्पन्नपछि प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै निर्माण÷पुर्ननिर्माणको काम तिव्र गतिका साथ अघि बढाउने जानकारी दिए।
महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि बजेट उल्लेख्य मात्रमा बजेट विनियोज गर्दै आएको पनि उनले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।
महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण