रनवे परेडमा यस्तो देखियो सेलिब्रेटी मोडलको क्याटवाक
काठमाडौं– ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शनिवार साँझ दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो आयोजना गरिएको छ ।
चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्वारा पहिरन प्रदर्शन गरिएको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरको रुपमा क्याटवाक गरे । फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका हुन् ।
टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको उक्त फेसन शोको सञ्चालन सुशिल नेपालले गरेका थिए । फेसन शोको क्रममा गायक कमल खत्रीले लाइभ कन्सर्ट दिए । केही नृत्यांगनाहरुले विभिन्न नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण