प्रधानन्यायधीश राणाले तोके पेसी, रञ्जनविरुद्धको मुद्दा ३ न्यायाधीशको पूर्णइजलाशमा
काठमाडौं । रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका छन् । आइतबार हुनु सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्णइजलाशमा पेशी तोकेका छन् ।
पत्नी गीता ढकालको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चले रञ्जनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय तोक्ने र सम्पत्ति जफत नगर्ने निर्णय गरेको थियो ।
गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाइदिएको थियो ।
सर्वोच्चको फैसलालगत्तै सरकार उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिन पुगेको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो ।
सार्वजनिक विदाको दिन भएपनि शनिवार नै उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो ।
आज तीन जना न्यायाधीशको बेञ्चमा परेको पुनरावलोकनको निवेदनले निस्सा पाएको खण्डमा उक्त मुद्दा फेरि अघि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण