लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा
काठमाडौँ । महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी लाइसेन्स बनाइदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेको छ । विशेष सूचना तथा निरन्तर निगरानी पश्चात प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका– ३ थानकोट खरीबोटस्थित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी विभिन्न व्यक्तिहरूसँग रकम असुली गर्ने एक जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा मुगु जिल्ला, खप्तड गाउँपालिका–८ घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका मगरगाँउ बस्ने बर्ष २५ को प्रेमराज पाण्डे रहेको बताए ।
डीएसपी श्रेष्ठकाअनुसार विगतमा काठमाडौँ चन्द्रागिरी नगरपालिका–४ बस्ने मंगल श्रेष्ठ तथा शैसब श्रेष्ठलगायतलाई लाइसेन्स बनाइदिने भन्दै प्रतिव्यक्ति रू १३,५०० रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यस सम्बन्धमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण