ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा कोभिड–१९ उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् । सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले कोभिड–१९ भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यो भ्याक्सिनलाई बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले बनाएको छ । यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ ।
यता ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायन सोमबार कोरोनाद्वारा संक्रमित भएका छन् । ह्वाइट हाउसका अनुसार रोबर्टमा हल्का लक्षण देखिएको छ । उनी घरबाटै काम गर्नेछन् ।
संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् । यीमध्ये १ करोड २ लाख २० हजार ८ सय ८९ निको पनि भइसकेका छन् । यस्तै ६ लाख ५५ हजार ८ सय ८० को मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँकडाले बताएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण