ओलीले एकतर्फीरुपमा स्थगित गरे स्थायी समिति बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगन भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् ।
नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप लगाए । ओलीमा अराजकता हावी भएको भन्दै लगातार बैठक छल्दै मनपरी गरिरहेको र अहिले एकपक्षीय रुपमा स्थायी समिति बैठक अर्को गल्ती गरेको उनले बताए ।
बैठक बस्नुपर्ने भन्ने पक्षमा आफूहरु रहेको भन्दै परामर्शबिनै स्थगित भएको बैठक आफूहरुलाई अमान्य भएकाले यसविषयमा छलफल चलिरहेको बताए । ‘एकपक्षीय रुपमा बैठक स्थगित गर्ने काम भएको छ, यो हामीलाई मान्य छैन’ उनले भने, ‘अधिकांश साथीहरु बैठक बस्नुपर्ने पक्षमा हुनुहुन्छ । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफलमा छौं ।’
नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित बैठकअघि प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर प्रचण्ड १० बजेसम्म पनि बालुवाटार नपुगेपछि ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेका थिए ।
पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपामा देखिएको आन्तरिक विवाद झन् पेचिलो बन्दै गइरहेको छ । विवाद मिलाउनका लागि दुई अध्यक्षबीच छलफल हुनुपर्ने भएपनि केही दिनयता कुनै संवाद हुन सकेको छैन ।
यसअघिका बैठकहरु पनि अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो । यहीबीचमा सोमबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा बैठक स्थगित नगर्ने निष्कर्ष निस्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण