सानिमा बैंकको डिजिटल काउण्टर संचालनमा, क्यूआर कोड स्क्यान गरी पैसा लिकाल्न सकिने
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैङ्किङ सेवाहरु संचालन गर्दै आइरहेको छ । सोही क्रममा बैंकले यही साउन १३ गतेदेखि डिजिटल काउण्टर संचालनमा ल्याएको छ ।
अब डिजिटल काउण्टरमार्फत सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैङ्किङ एप “सानिमा सजिलो ई बैंकिङ्ग”बाट नक्साल शाखामा रहेको डिजिटल काउण्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउण्टरमा रहेको क्युआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ ।
यो सेवाहाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई