धनगढी आसपासका अधिकांश क्षेत्र जलमग्न

कञ्चनपुर । गए रातिदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । कतिपय स्थानीयवासीका घर तथा पसलमा पानी पसेर डुबानमा परेका छन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।
पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडकसमेत जलमग्न भएको धनगढी–३ का गणेशप्रसाद भट्टले बताए । उनले भने, “उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नभई डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।”
वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । धनगढी उपमहानगरपालिका–२ दीप टोलका सुमन थापाले गए राति अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा कतिपय स्थानीयवासीका घरभित्र पानी पसेर रातभरि जाग्राम बस्नुपरेको दुःखेसो उनीहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो