सुशान्तका पिताले अनेकौं आरोप लगाएपछि रिया चक्रवर्ती पुगिन् सर्वोच्च अदालत
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनकी कथित प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् ।
रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरहेको र उनको आफ्नो बयान पनि प्रहरीलाई दिइसकेको जानकारी दिएकी छिन् ।
सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजिव नगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए । रियाले आफूलाई सुशान्तकी प्रेमिका बताउँथिन् तर सुशान्तका पिताले उनको छोराको मृत्यु रियाकै कारण भएको दाबी गरेका छन् ।
सुशान्तको मृत्युको अनुसन्धान सिबिआईमार्फत् गराउन पनि माग भइरहेको छ । यद्यपि, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको सरकारले सुशान्त सिंहको मामिला सिबिआईलाई नसुम्पने स्पष्ट पारिसकेका छन् ।
सुशात सिंह राजपूतको मृत्यु प्रकरणमा उनका पिताका वकिल विकास सिंहले पटना प्रहरीले एफआइआर दर्ता गर्न हिच्किचाइरहेको बताएका थिए तर मुख्यमन्त्री नितिश कुमार र मन्त्री सञ्जय झाले भनेपछि मात्रै एफआइआर दर्ता भएको हो ।
विकास सिंह पूर्व एडिशनल सोलिसिटर जनरल हुन् र सर्वोच्च अदालतका वरिष्ठ वकिल हुन् । मंगलबार सुशान्त सिंह राजपूतका पिता के.के सिंहले पटनामा सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण