सुदूरपश्चिममा बढ्दै संक्रमितः थप ७४ जनामा संक्रमण पुष्टि
कैलाली । बुधबार गरिएको परिक्षणबाट थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या २ हजार ७२५ पुगेको छ । सेती प्रादेशिक अस्पताल धनगढीबाट गरिएको परिक्षणमा ५७ र डडेल्धुरा अस्पतालबाट गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
यसमध्ये कैलालीका ५ पुरुष र ३ महिला, डोटीका ३५ पुरुष र १७ महिला, कञ्चनपुरका ६ पुरुष र २ महिला, डडेल्धुराका ४ पुरुष र बैतडीका २ पुरुषमा सक्रमण पुस्टी भएको निर्देशनालयले जनाएको हो ।
यसअघि नै २ हजार ९७३ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म ३२ हजार ६९५ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २८ हजार ४३८ मा नेगेटिभ आएको उनले बताए । ३ हजार २५८ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी बिधिबाट १ लाख २४ हजार १३८ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०९, बझाङ्गका १७४, बाजुरा ४४९, डडेल्धुराका २९९, दार्चुलाका २१, डोटीका ७१५ , कैलालीका ११०१ र कंचनपुरका ५२२ गरि ४ हजार २५७ रहेका छन । जस्मा महिला १ हजार १२ , पुरुष ३ हजार २४५ रहेका छन । क्वारेन्टिनमा २ हजार ३२८ पुरुष र ७ सय ९० महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण