बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ईस्माका विस्थापितहरुका लागि नमुना बस्ती बनाइन्छ: गोकर्ण बिष्ट

बिहीबार, १५ साउन २०७७, १५ : ५३
बिहीबार, १५ साउन २०७७

गुल्मी । केहीदिन अघि गुल्मीमा बाढी पहिरोले घर बगाउँदा विस्थापित भएकाहरुलाई पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले नमुना बस्ती बनाईदिने उद्घोष गरेका छन् । गत असार १८ गते राति ईस्मा गाउँपालिका–१ को तरिखर्क, मल्दी ढाँडाफाँट जुकेपानी, वडा नम्वर ४ को  ढाँडा न्वाँला लगायतका स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु हुनका साथै ५ जना घाईते भएका थिए ।

पहिरो गएको क्षेत्र आसपासका दर्जनौं घर जोखिममा परेका छन् भने कयौं परिवार विस्थापित भएका छन् । ‘अहिले विद्यालय र अस्थायी टहरामा बस्नु भएका ईस्माका पहिरो पीडितले निकै कष्ट पाउनु भएको छ, त्यसमा म दुःखी छुृ,’ सांसद बिष्टले भने, ‘वर्षायाम पछाडि स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट रकम विनियोजन गरि विस्थापितहरुलाई नमुना बस्ती बनाउने काममा मेरो भरपुर पहल रहने छ ।’

विस्थापितहरुले चाहेमा तम्घास सिमलटारी सडक छेउमा बजारीकरण गरेर बस्ती विस्तार गर्न सकिने उनले बताए ।  ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले हालसम्म १ सय ९५  घरधुरी विस्थापित भएको र त्यति नै घरधुरी उच्च जोखिमा रहेको बताए ।

पहिरोले ६० वटा खानेपानी योजनाहरु बगाएको, ३० वटा कुलो बगाएको, कयौं रोपनी खेतबारी बगाएको जनाए । पूर्वमन्त्री विष्टले बाढीपहिरो पीडित परिवारले आफुप्रति गरेको अपेक्षा पुरा गरेरै छाड्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।
सांसद बिष्टको घर सोही गाउँपालिका–४ दोहली बाँझगाउँमा पर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप