शिक्षा मन्त्रालय अन्तर्गत ६४ वटा अस्थायी पद खोल्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्राङ्कित अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा सो निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि विद्यालय भर्ना सुरु गर्ने निर्णय गरेको छ भने पठन पाठन सञ्चालन कार्ययोजना बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।
यस्तै रेडियो प्रशार सेवा समिति अर्थात रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा दोलखाका मोहनकृष्ण श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमा शंकर प्रसादको राजीनामा स्वीस्कृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण