विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो (अपडेट)
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४४० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७८१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २८ लाख ४० हजार ३४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ । एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार १९४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ९५ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९०८ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण