शंकास्पद ‘सुन अप्रेशन’ : दरबारमार्गका डीएसपी रन्जन दाहाल हटाइए
काठमाडौँ । महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई हटाइएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।
दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डीएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
बुधबार महानगरीय प्रहरी कार्यायल रानीपोखरीले डीएसपी दाहालमाथि छानविन गर्न एसएसपी यादवको नेतृत्वमा अपराध महाशाखाका एसएसपी दीपक थापा, काठमाडौँ परिसरका एसपी सोमेन्द्र सिंह राठौर, डीएसपीद्धय दुर्गा दाहाल र राजकुमार केसीसहित छानविन समिति गठन गरेको थियो ।
सोही समितिको छानविनका आधारमा डीएसपी दाहालको कमजोरी देखिएपछि उनलाई हटाइएको हो । दरबारमार्ग वृतका डीएसपी दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशनको घटनास्थल नै परिवर्तन गरेको पाइएको समितिका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
घटनास्थल सुन्धारा भएपनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको थियो । काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक
मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।
योसँगै एसएसपी ज्ञवालीलाई पनि तानेर काठमाडौँ प्रहरी प्रमुखमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण