पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
शुक्रबार, १६ साउन २०७७, १६ : ४४

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए । आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ ।
स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । कोरोना महामारीको बीचमा उनी वीरगन्जबाट आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा