पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
शुक्रबार, १६ साउन २०७७, १६ : ४४
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए । आइसियूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ ।
स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् । कोरोना महामारीको बीचमा उनी वीरगन्जबाट आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण