बस्तीमाथिको जमिन चिरिएपछि रातभर निदाउँदैनन् स्थानीय
सिन्धुपाल्चोक – विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी र जङ्गल बगिसकेको छ ।
उक्त बस्तीका कृष्णमान श्रेष्ठले बस्ती उच्च जोखिमा परेपछि विस्थापित हुनु परेको बताए । रातको समयमा १६ घरपरिवारका सय जनाभन्दा बढी विद्युत् प्राधिकरणको ट्रसमा त्रिपालले बारेर बस्दै आएका छन् । बस्तीमाथिको खेतबारी र वन जङ्गल गरी ७० रोपनी जमिन चिराचिरा परेर दुई मिटरको गहिराइसम्म फाटेको श्रेष्ठले जानकारी दिए । जमिन भासिने र फाट्ने भएपछि उक्त खेतबारीमा स्थानीयले बाली लगाउन छाडेका छन् ।
नेपाल विद्युत् प्राधिकरण सुनकोसी जलविद्युत् आयोजनाले सोही बस्तीमुनि ड्याम र नहर बनाएपछि बस्ती भासिएको स्थानीय श्रेष्ठले जानकारी दिए । चार पुस्ताभन्दा बढी समयदेखि बसोबास गरेका बस्ती भासिएपछि स्थानीयवासीलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउन थालेको छ । २०७१ सालको भीषण जुरे पहिरोले पनि उक्त बस्ती जोखिममा परेको थियो ।
अहिले पनि बस्तीमाथि रहेको टेकानपुर–तौथली सडकको पानीको भेल ठेकेदारले ह्युमपाइप राखेर बस्तीमाथिबाटै झारिदिएपछि सो बस्ती झन् बढी जोखिममा रहेको स्थानीय शिवराम श्रेष्ठले दुखेसो गरे । त्यसैगरी, ओरियन्ट म्याग्नेसाइडको रोप वे टावर ढल्न लाग्दा पनि उक्त बस्ती थप खतरामा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चित्र मिजारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण