बुटवलमा कोरोना संक्रमित बढ्दै गएपछि व्यापार व्यवसायमा रोक
बुटवल । कोरोना संक्रिमतहरु संख्या बृद्धि हुन थालेपछि बुटवल उपमहानगरपालिकाले कडाई गर्न थालेको छ । पछिल्ला दिन कोरोना परीक्षण गर्दा दैनिकजसो संक्रमितहरु भेटिन थालेपछि सोमबारदेखि लागू हुनेगरी विभिन्न व्यवसाय सञ्चालनमा रोक लगाइएको हो ।
उपमहानगरले आइतबार एक सूचना जारी गर्दै हाटबजार, सैलुन, ब्यूटिपार्लर तथा फूटपाथमा बेच्ने व्यवसाय बन्द गर्न अनुरोध गरेको हो । कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपमहानगरले स्वास्थ्य तथा सुरक्षा सम्बन्धि सावधानीका सम्पूर्ण उपायहरु अवलम्बन गरेर मात्र होटल तथा रेष्टूरेण्ट सञ्चालन गर्न आग्रह गरेको छ । होटल तथा रेष्टूरेण्टहरुलाई बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।
बुटवलमा आज पनि एक जनामा कोरोना संक्रिमत पुष्टि भएको थियो । हिजो दुई जनाको रिपोर्ट पनि पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरु सम्पर्कविहिन भएको अस्पतालले जनाएको छ । यसरी दैनिकजसो संक्रिमत देखिन थालेपछि कडाई गर्नुपरेको उपमहानगरका निमिक्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।
उपमहानगरपालिकाले व्यवसायिक प्रतिष्ठाणहरुमा विदेशी, नगर क्षेत्र बाहिरका स्वदेशी कामदार र कालिगढका रुपमा आउने व्यक्तिहरुको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै वडा कार्यालयबाट प्राप्त अस्थायी परिचयपत्रको आधारमा काममा लगाउन आग्रह गरेको छ ।
विदेशी नागरिक तथा कामदार क्षेत्रभन्दा बाहिरबाट आउँदा अनिवार्य रुपमा होम क्वारेन्टाइन, होटेल क्वारेन्टाइन वा सामूहिक क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । उता रुपन्देहीकोे सैनामैना नगरपालिकाले अन्यत्रबाट आउने जानेहरुको संख्या बढ्दै गएपछि नगरभित्रको चहलपहल कम गर्ने रणनीति अप्नाएको छ ।
कोरोना विशेष विपद व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र राति ८ बजेदेखि बिहान ५ बजेसम्म घर बाहिर निस्कन रोक लगाएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । नगर क्षेत्रभित्र भेला, तालिम, गोष्ठी, सभा सम्मेलन गर्न र मानिसहरु भेला हुने कुनै कार्यक्रम गर्न नपाइने नियम लागू गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण