ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण
सोमबार, १९ साउन २०७७, १० : १३
ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामा कार्यरत एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् । संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।
बिदा गएर फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण