ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण
सोमबार, १९ साउन २०७७, १० : १३

ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामा कार्यरत एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् । संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।
बिदा गएर फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोटाफोगोसँग पेरिस सेन्ट जर्मेन स्तब्ध
-
सुदूरपश्चिमका कुन–कुन ठाउँमा वर्षा भइरहेको छ ?
-
कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला
-
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
-
बालेनको चाहना : ‘गुरागाईँ बैठकमा नआइदिएहुन्थ्यो’
-
कैलालीको कोटाखोलामा आएको बाढीले ३४ वटा बाख्रा बगायो