विध म्यानेजमेन्टले थाल्यो कोरोना परीक्षण : ४ घण्टामै रिपोर्ट, शुल्क ४ हजार
काठमाडौं । विध म्यानेजमेन्ट प्रालिले अस्थायी कोभिड–१९ ल्याब सञ्चालनका लागि अनुमति पाएसँगै परीक्षणलाई तिव्रता दिएको छ । कोभिड–१९ बाट विश्व नै आक्रान्त भइरहेको बेला सरकारले निजी क्षेत्रको समेत सहभागितामा कोरोनाका पहिचानका लागि नमुना परीक्षण गर्ने निर्णय गरेअनुरुप म्यानेजमेन्टले गत साउन १३ गते ल्याब सञ्चालनको अनुमति पाएको थियो ।
विधको प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२ सय भन्दा बढी रहेको छ भने सोमबारदेखि ४ हजार का दरले नमुना परीक्षण गर्न थालिएको विध म्यानेजमेन्टका वि. के. भण्डारीले जानकारी दिए । सरकारले अनुमति दिएसँगै सुरुमा ४ हजार ५०० का दरले नमुना परीक्षण हुँदै आएकोमा सोमबारदेखि ४ हजारमा नै आरटी पीसीआर परीक्षण गर्न थालिएको भण्डारीको भनाइ छ ।
साथै यसअघि ५ घण्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधाको प्रयोगलाई तीव्र बताउँदै ४ घण्टामै रिपोर्ट दिन सकिने पनि भण्डारीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच विध म्यानेजमेन्ट ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरेको हो । त्यसमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण