विध म्यानेजमेन्टले थाल्यो कोरोना परीक्षण : ४ घण्टामै रिपोर्ट, शुल्क ४ हजार
काठमाडौं । विध म्यानेजमेन्ट प्रालिले अस्थायी कोभिड–१९ ल्याब सञ्चालनका लागि अनुमति पाएसँगै परीक्षणलाई तिव्रता दिएको छ । कोभिड–१९ बाट विश्व नै आक्रान्त भइरहेको बेला सरकारले निजी क्षेत्रको समेत सहभागितामा कोरोनाका पहिचानका लागि नमुना परीक्षण गर्ने निर्णय गरेअनुरुप म्यानेजमेन्टले गत साउन १३ गते ल्याब सञ्चालनको अनुमति पाएको थियो ।
विधको प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२ सय भन्दा बढी रहेको छ भने सोमबारदेखि ४ हजार का दरले नमुना परीक्षण गर्न थालिएको विध म्यानेजमेन्टका वि. के. भण्डारीले जानकारी दिए । सरकारले अनुमति दिएसँगै सुरुमा ४ हजार ५०० का दरले नमुना परीक्षण हुँदै आएकोमा सोमबारदेखि ४ हजारमा नै आरटी पीसीआर परीक्षण गर्न थालिएको भण्डारीको भनाइ छ ।
साथै यसअघि ५ घण्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधाको प्रयोगलाई तीव्र बताउँदै ४ घण्टामै रिपोर्ट दिन सकिने पनि भण्डारीको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच विध म्यानेजमेन्ट ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।
ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलीमा कार्यरत ५० जनाको स्वाब संकलन गरेको हो । त्यसमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई