सुदूरपश्चिम प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशमा सोमबार पनि थप २० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षण थप २० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । परीक्षणबाट ६ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सक्रमण दर बढन थालेका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
संक्रमण पुष्टि हुनेमा अछामको साफेबगर नगरपालिकाका ८८ र ४८, वर्षका २ महिला, ४५ र २६ वर्षका २ पुरुष रहेका छन् । त्यस्तै कैलालीको गोदावरी नगरपालिकाका ८ वर्षीया बालिका र ३ वर्षीय बालकसहित २३ र ३५ वर्षका महिलामा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै १३, १५,२८,२५ र १७ वर्षका पुरुषमा पनि संक्रमण भएको छ भने कञ्चनपुर कृष्णपुर नगरपालिकाका २६ वर्षकी १ महिला र २६ वषकै १ पुरुषमा पनि संक्रमण देखिएको छ । त्यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिकाका २२, ३०, २३ का ३ पुरुष र कञ्चनपुर बेदकोटका १९ र २२ वर्षका २ पुरुषमा पनि संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए ।
यस अस्पतालबाट हालसम्म १७ हजार ६९६ जनामा कोभिड १९ को परीक्षण गरिएको र १६ हजार २३५ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए । पछिल्लो २४ घण्टाभित्र १६२ जनाको परीक्षण गरिएको समेत अस्पतलाले जनाएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४६१ जनामा कोरोना पोजेटिभ फेला परेको श्रेष्ठको भनाई छ । हालसम्म उपचार गरिएका शंकाष्पद संक्रमित १८१ जना रहेको र सो मध्येबाट ८१ जना निको भएर घर गइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण