दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका सङ्क्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको संख्या १४ हजार ४२३ पुगेको बताइएको हो । यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा सङ्क्रमितहरु ३४ जना थपिएका दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना सङ्क्रमित थपिएका बताइएको थियो । यसरी यहाँ थपिएका सङ्क्रमितहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार थपिएका ३४मध्ये २१ जना विदेशबाट आएका व्यक्तिहरु परेका पनि बताइएको छ ।
हाँ यस सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०१ जना पुगेको बताइएको छ । यहाँका सङक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ । सरकारले पछिल्लो समयमा कोरोना सङ्क्रमितहरुको उपचार र नियन्त्रणमा निकै कडाइ गरेको बताइएको छ । दक्षिण कोरिया कोरोनाको नियन्त्रणमा प्रभावकारी देशका रुपमा रहेको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण