इनफ इज इनफको मागप्रति जसपा नेपालको ऐक्यवद्धता
मङ्गलबार, २० साउन २०७७, १९ : ५१
काठमाडौं । इनफ इज इनफ अभियन्ताले विभिन्न माग राखी जारी राखेको अनशनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरुले कोरोना भाइरसको सबल व्यवस्थापन सहितका १४ बुँदे माग राखी अनशन बस्दा पनि सरकारले त्यसको बेवास्ता गरेको भन्दै जसपा नेपालले अनशनरत अभियन्ताहरुका स्वास्थ्यमा गम्भीर प्रकारका समास्याहरु देखिन आएको बताएको छ ।
जसपाका कार्यकारिण समितिको तर्फ प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भर्ना भएका अभियन्ताहरुको निशुल्क उपचार र अनशनरत अन्य अभियन्ताहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक उपचारको व्यवस्था गर्न माग गरेको छ ।
साथै उनीहरुले राखेको जायज माग अविलम्ब पुरा देशको विग्रदो अवस्थामा सुधार ल्याउन अल्पकालिन र दीर्घकालिन योजना बनाई उचित व्यवस्थापन एवं कदम उठाउन पनि सो पार्टीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण