नेकपा फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैनः प्रमुख सचेतक गुरुङ
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलीदानबाट एकतामा रुपान्तरण भएको गौरवशाली पार्टी टुटफुट नहुने दाबी गरेका छन् । लमजुङस्थित मस्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए ।
आन्तरिक विवाद समान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरे । नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए । नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो ।
सचेतक गुरुङले मस्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा गएको बाढीपहिरो प्रभावित क्षेत्रको समेत निरीक्षण गरेका छन् । यही साउन ७ र ८ गते गएको बाढीले प्रभावित गाउँ तथा पहिरोको स्थलगत निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण