जलेश्वरमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय
जनकपुर । महोत्तरीको सदरमुकाम जलेश्वरमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाकाका दुईवटा वडामा गत शुक्रबार राति ११ बजेदेखि लगाइएको निषेधाज्ञाको समयावधि आज सकिएसँगै आइतवार सम्मका लागि पूनः निषेधाज्ञा बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले जानकारी दिए ।
पछिल्लो समय महोत्तरीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम शुक्रवार राति ११ बजे देखि लागुहुने गरि ५ दिनको लागि निषेधाज्ञा जारी गरेको थियो ।
जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा राबिम क्याम्पस, उत्तरमा प्रकौली चोक, दक्षिणमा धबौलीको रातो पूलसम्म र महोत्तरी गाउँपालिका वडा नं. ३ र ५ मा निषेधाज्ञा लगाइएको छ । यसभन्दा पहिले जलेश्वर नगरपालिकाका २५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चित कालको लागि शिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण