वीरगन्जमा नेपाली सेना र बैंक कर्मचारीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४३ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ६ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् ।
नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगी महिला रहेकी छिन् ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्षका सम्मका २३ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका १ जना पुरुष , पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए । उनले भने भारतिय दुतावास वीरगन्जमा ३० बर्षका १ जना पुरुष समेत रहेको बताए ।
त्यसैगरी बारा जिल्ला देवताल गाँउपालिका ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला प्रसौनी २ की ७३ बर्षिय १ जना वद्घ महिला रहेकी छिन्, रौतहट जिल्ला मौलापुरका २७ बर्षका १ जना पुरुष छन् भने महोत्तरी जिल्लाका ३७ बर्षका १ जना डाक्टर समेत रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण