जनता आवास कार्यक्रमः जुम्लामा २५० घर निर्माण
जुम्ला । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो । पूर्वधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु आठ करोड ४० लाखको लागतमा सो घर निर्माण गरिएको हो ।
तीमध्ये चन्दननाथ नगरपालिकामा ३२, तातोपानी गाउँपालिकामा २९, पातारासीमा २६, गुठीचौरमा ३८, हिमामा ३०, सिञ्जामा ३०, तिलामा ३० र कनकासुन्दरी गाउँपालिकामा ३५ घर निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त प्रमुख टङ्कप्रसाद न्यौपानेले बताए । उनकाअनुुसार सो घर निर्माणका लागि रु तीन लाख ३६ हजारका दरले खर्च भएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि यहाँका गरिब तथा विपन्न दलित घरपरिवार खुशी भएका छन् । वर्षौदेखि पम्परागत घरमै बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन् ।
सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाइदिएपछि खुशी भएको तिला गाउँपालिका–१ मुनबहादुर परियारले बताए । वर्षौँदेखि माटोको घरमा बस्दै आइरहेको भए पनि हाल छानामुनि बस्न पाउँदा निकै खुशी लागेको उनले बताए । उनले भने, “हामीजस्ता गरिब घरपरिवारले त्यस्तै घर निर्माण गर्न सपनाजस्तै थियो, पानी परे पूरै घर पानी मात्र हुन्थे अब ढुक्कले छानामुनि बस्न पाइएको र घर पाउँदा जति पानी र हिउँ परे पनि ढुक्कले छानामुनि बस्न पायौ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण