तामाकोशी नदीमा एक्कासि बहाव बढेपछि बज्यो साइरन
बिहीबार, २२ साउन २०७७, २२ : ३९
काठमाडौं । तामाकोसी नदीको बहाव एक्कासि बढेपछि नदी क्षेत्र आसपास त्रास बढेको छ । बिहीबार साँझदेखि दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे लगायतका स्थानमा भारी वर्षापछि तामाकोशीमा पानीको सतह ह्वात्तै बढेको हो । अत्याधिक वर्षापछि सो क्षेत्रका सिप्रिङ खोला, सिंगटी खोला लगायतका सहायक खोलाहरुमा समेत बहाव बढेको छ ।
तामाकोशी जलविद्युत आयोजनाका अधिकारीहरुलाई उदृत गर्दै स्थानीय सञ्चारकर्मीहरुले जनाएअनुसार तामाकोशीको बहाव सतर्क तहभन्दा माथि पुग्दा बज्ने जगत पुलमा राखिएको साइरन बजेको छ । स्थानीय अधिकारीहरुले तामाकोशी नदी आसपासका सर्वसाधारलाई सचेत र सुरक्षित रहन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण