पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु
शुक्रबार, २३ साउन २०७७, १२ : ३५
ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताएका हुन् ।
उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले बताए । ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण