प्रधानमन्त्री ओलीले दिए राजपाक्षलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गर्दै भावी दिनमा त्यसलाई अझ सुदृढ बनाउने इच्छा दोहो¥याएका थिए । टेलिफोन वार्ताका क्रममा उनीहरुले कोभिड–१९ विरुद्धका राष्ट्रिय अनुभव र दुवै देशका सरकारले त्यसका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न गरेका प्रयास र अनुभव आदानप्रदान गरेका थिए ।
परिस्थिति सामान्य बनेपछि उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने अभिलाषा पनि प्रधानमन्त्रीद्वयले व्यक्त गरेका थिए । भूकम्पपछि दुई सांस्कृतिकस्थलको पुनःनिर्माणका निम्ति सहयोग गरेकामा श्रीलङ्का सरकारप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण