दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाउँदै महाकाली
कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टिन भवन बनाइने भएको छ । महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ । महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टिन भवन बनाउने निर्णय गरेको हो ।
महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टिन भवन बनाउन लागिएको बताए । “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टिन भवन बनाउने निर्णय गरिएको छ । त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने । उनका अनुसार क्वारेन्टिन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ । भवन निर्माणका लागि रु एक करोड बढी बजेट लाग्ने अनुमान गरिएको छ ।
शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्पमा छुट्टै क्वारेन्टिन भवन बनाउन लागिएको हो । यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टिन राखिएको थियो । तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टिन मात्रै सञ्चालनमा छ । महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टिन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए । महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्ष मात्रै सञ्चालन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण