सेयरधनीलाई २ अर्ब २० करोड बाँड्न सक्ने नेपाल बैंकको क्षमता
काठमाडौं । नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको कारोबारबाट सेयरधनीहरुलाई २ अर्ब २१ करोड रुपैयाँसम्म लाभांश वितरण गर्ने क्षमता रहेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दै नेपाल बैंकले त्यस्तो रिपोर्ट देखाएको हो ।
यो अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले विभिन्न जगेडा कोषमा अनिवार्य रुपमा व्यहोर्नुपर्ने दायित्व ५१ करोड रुपैयाँ दायित्व कटाउँदा करिब २ अर्ब ४ करोड रुपैयाँ नाफा बाँकी रहेको थियो । तर, नियामकीय रिजर्भको रकम यो वर्ष करिब १६ करोडले फिर्ता भएपछि यो वर्ष नेपाल बैंकले सो बराबरको नाफा वितरण गर्ने हैसियत बनाएको हो । अहिले नेपाल बैंकसँग ११ अर्ब २८ करोडको चुक्ता पुँजी छ । यो हिसाबले उक्त नाफा करिब २० प्रतिशतको हाराहारीमा लाभांश दिन पर्याप्त हुन्छ ।
नेपाल बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो व्यवसायको विस्तार राम्रो विस्तार गरेको छ । अघिल्लो वर्षको सोही समयको तुलनामा निक्षेपमा करिब २५ अर्ब तथा कर्जामा १२ अर्ब रुपैयाँ वृद्धि गरेको बैंकको त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज तथा गैरब्याज आम्दानीमा केही गिरावट देखिँदा त्यसको प्रत्यक्ष असर नाफामा देखिएको छ । कर्मचारी खर्च, सञ्चालन खर्च र ह्रासकट्टि लगायत अन्य खर्चका लागि हुने खर्चमा वृद्धि भएका कारण बैंकको खुद नाफामा ३ करोडको सामान्य गिरावट देखिएको छ । आयकरअघिको नाफा भने करिब ७७ करोडले घटेको छ ।
बैंकका अन्य वित्तीय सूचक भने सन्तोषजनक नै छ । पुँजीकोष अनुपात केही घटे पनि १६.६८ प्रतिशतको खुकुलो अवस्थामा छ । निष्क्रिय कर्जा अनुपात २.५९ प्रतिशतमा झरेको छ । पुँजीकोषको लागतमा उल्लेख्य कमी आएर ४.१९ प्रतिशतमा सीमति भएको छ । उच्च सञ्चालन खर्चका कारण आधार ब्याजदर कस्ट अफ फण्डभन्दा केही बढी देखिएको भए पनि यो ७ प्रतिशत भन्दा तल नै देखिएको छ । यसले सस्तो कर्जाको सुनिश्चितता गर्छ । नाफा घट्दा बैंकको स्प्रेडदर भने ३.७० प्रतिशतमा सीमित भएको छ । यसले भोलिका दिनम नाफा बढाउने स्पेस सिर्जना समेत गरेको छ ।
नेपाल बैंकले या आर्थिक वर्षमा वाणिज्य बैंकमध्ये नै पहिलोपटक यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । राष्ट्र बैंकको नियमानुसार अबको ५ दिनभित्र सबै बैंक तथा वित्तीय संस्थाले यस्तो रिपोर्ट प्रकाशन गरिसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण