सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च
आइतबार, २५ साउन २०७७, १४ : ४३
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यद्यपि सुनको मूल्य एक लाख रुपैयाँ माथि नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर आइतबार सुनको मूल्य घटेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य तोलामा हालसम्मकै उच्च बनेको छ । आइतबार चादी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण