कर्णाली राजमार्ग पुनः अवरुद्ध
आइतबार, २५ साउन २०७७, १५ : ५३
जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । “शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।” त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण