पोखराका मेयरलाई जनताको प्रश्न- १३ करोड खै ?
पोखरा । पोखरा महानगरमा यतिबेला १३ करोड रुपैयाँ हराएको काण्डले चर्चा पाएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम बेरुजु देखाएपछि महानगरमा अनियमितता भएको तथ्य प्रकाशमा आएको हो ।
आईतबार पोखराका केही युवाले मेयर मानबहादुर जिसीसँग १३ करोडको हिसाब मागेका छन् । हिसाब माग्न पोखरा महानगरपालिका पुगेको युवाहरुसँग मेयर जिसीले १३ करोड नभएर पौने दुई करोडमात्र हिसाब नदेखिएको बताएका छन् । मेयर जिसीकाअनुसार करिब १२ करोड रुपैयाँ बराबरको चेक ठेकेदारहरुले नसाटेका कारण हराएकोजस्तो मात्र देखिएको हो । करिब एक करोड ७३ लाखको भने हिसाब गडबड भएको मेयर जिसीले स्वीकार गरेका छन् ।
पौने दुई करोडको हिसाब खोज्ने काम तत्काल गरिने प्रतिबद्धता उनले युवामाझ गरेका छन् । आगामी २५ दिनभित्र पौने दुई करोड रुपैयाँको हिसाब दिने मेयर जिसीले बताएका छन् ।
रकमको हिसाब हिनामिनामा जो कोहीको संलग्नता भए पनि कारबाही गरिने मेयर जिसीले बताए । पौने दुई करोडको हिसाब नमिलेको मेयर जिसीले नै स्वीकार गरेका कारण पनि महानगरमा आर्थिक हिनामिना भएको तथ्यलाई पुष्टि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण