काठमाडौ महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सूचना
सोमबार, २६ साउन २०७७, १५ : २५
काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ ।
कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक पसल मात्रै खोल्न भनेको हो । त्रिपुरेश्वरदेखि टेकुसम्म वडा नम्वर १२ र लगनटोल २१ मा पर्छ।
कोरोना भाइरस संक्रमण अत्याधिक बढेपछि महानगरले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल नखोल्न सुचित गराएको हो । ती स्थानमा खाद्यान्न पसल पनि बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।
‘मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना आदी बन्द गर्न अनुरोध गरिन्छ’ साउन २६ गतेको बैठकपछि महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण