बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ । वालुवाटार स्रोतकाअनुसार यसअघिका मन्त्रिपरिषदका निर्णय कार्यानवयनका सवालमा संशोधनको निर्णय गर्ने तयारी छ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।
त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्नसक्ने एक मन्त्रीको भनाई छ ।सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले विज्ञहरुले पुन लकडाउन गर्न सुझाव दिँदैआएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण