आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

सोमबार, २६ साउन २०७७, १९ : १२
सोमबार, २६ साउन २०७७

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । बेलुका ५ बजेपछि सुरु भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी महत्वपूर्ण छलफलपछि निर्णय गर्नसक्ने बुझिएको छ । वालुवाटार स्रोतकाअनुसार यसअघिका मन्त्रिपरिषदका निर्णय कार्यानवयनका सवालमा संशोधनको निर्णय गर्ने तयारी छ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । तर,पछिल्लो पटक कोरोना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ । 

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्नसक्ने एक मन्त्रीको भनाई छ ।सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले विज्ञहरुले पुन लकडाउन गर्न सुझाव दिँदैआएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप