सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने
काठमाडौंँ – सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिए ।
कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् । उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा
सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण