लकडाउनका कारण उत्पादित बिजुली बेच्न नपाउँदा चिलिमेको नाफा घट्यो
चिलिमे हाइड्रोपावर कम्पनीले ०.२५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको यस कम्पनीको विवरण अनुसार नाफा सामान्य मात्र वृद्धि भएको छ ।
कम्पनीको नाफा ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न नसक्दा उल्लेख्य नाफा गर्न नसकेको कम्पनील जनाएको छ । लक डाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई सम्झौता भन्दा बढी विद्युत बिक्रि गर्न नपाएको चिलिमेको भनाइ छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी २.५४ प्रतिशतले घटेर १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष चिलिमेले विद्युत बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । चौथो त्रैमास सम्ममा चुक्ता पुँजी २० प्रतिशतले ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसा भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण