सिरहामा एकै वडाका ८ जनामा देखियो कोरोना
सिरहा । सिरहामा एकै वडाका ८ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका–९ वैशखाका ८ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
सुखीपुर नगरपालिकाबाट ८३ जनाको स्वाव टेष्ट गरिएकोमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उनीको स्वाव परीक्षण गरिएका उनीहरुको रिपोर्ट आजै बिहान आएको हो ।
रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहि दिनअघि आएर स्वारेन्टाइनमा बसेका थिए । उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरु सबैलाई थप उपचारको लाग सिराहाको धनगढी नगरपालिका– ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या
-
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच छलफल
-
ओलीलाई शेखरको जवाफ : कांग्रेस कुनै राजनीतिक दलको धम्कीले डराउँदैन
-
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
-
सहकारी समस्या समाधानका लागि छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग
-
प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे