सिरहामा एकै वडाका ८ जनामा देखियो कोरोना
सिरहा । सिरहामा एकै वडाका ८ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । नगरपालिकाले सञ्चालन गरेको जनता माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका सुखीपुर नगरपालिका–९ वैशखाका ८ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
सुखीपुर नगरपालिकाबाट ८३ जनाको स्वाव टेष्ट गरिएकोमा क्वारेन्टाइनमा रहेका ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उनीको स्वाव परीक्षण गरिएका उनीहरुको रिपोर्ट आजै बिहान आएको हो ।
रोजगारीको क्रममा भारतको हरियाना पुगेका उनीहरु केहि दिनअघि आएर स्वारेन्टाइनमा बसेका थिए । उनीहरु ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष हुन् । कोरोना पोजेटिभ देखिएका उनीहरु सबैलाई थप उपचारको लाग सिराहाको धनगढी नगरपालिका– ११ मा रहेको महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण