सुत्केरी व्यथा लागेको ४ दिनसम्म भएन उद्धार
हुम्ला । हुम्ला जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाकोट गाउँपालिकामा चार दिनदेखि प्रसूति व्यथा लागेकी एक महिलाको उद्धार हुन सकेको छैन । ताजाकोट –१ काँडागाउँकी २३ वर्षीया विपना खड्कालाई चार दिनअघि घरमै व्यथा लागेका अवस्थामा मैला स्वास्थ्यचौकीमा बोकेर ल्याई राखिएको भए पनि सुत्केरी हुन नसकेपछि उनी छट्पटिएको स्थानीयवासी धर्मराज जैसीले बताए ।
वर्षाले बाटोघाटो बन्द भएको र टेलिफोन सेवासमेत राम्रोसँग सञ्चालन नभएपछि जिल्लामा खबर गर्न कठिन भएको जैसीको भनाइ छ । स्वास्थ्यचौकीमा सुत्केरी गराउने दक्ष जनशक्तिको अभाव र शल्यक्रियाका लागि उपकरण नहुँदा समस्या छ ।
गाउँपालिकाबाट व्यथा लागेकी महिलाको खबर आएको र हवाई उद्धारका लागि पहल भइसकेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
पत्र प्राप्त हुनासाथ हवाई उद्धारका लागि गृह तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंँग उद्धारका लागि पहल भएअनुसार हेलिकप्टरको व्यवस्था हुन लागेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी अवस्थामा रहे पनि त्यहाँ पानी परेका कारण उद्धार हुन नसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण