साउने झरी अझै केही दिन जारी रहने
बुधबार, २८ साउन २०७७, ०६ : ५६

काठमाडौँ – अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।
त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ ।
अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ । मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको मौसमविद् शान्ति कँडेलले बताए ।
देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ । आउँदो २४ घण्टा देशभर विभिन्न स्थानमा हल्कादेखि ठूलो वर्षा हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ